तपाईँ सुन्दै हुनुहुन्छः

रामारोशनका बाढीपीडित २५ घरपरिवारलाई राहत हस्तान्तरण 

अछाम । अछामको रामारोशन गाउपालिकाको सबैभन्दा विकट बाढी प्रभावित क्षेत्र सोरना टोलमा राहत वितरण गरिएको छ ।

केयर नेपालको आर्थिक सहयोग र सेवक नेपाल मार्फत गाउँपालिका अध्यक्षलाई हस्तान्तरण गरी आजै २५ परिवारलाई वितरण गरिएको छ ।

सदरमुकाम मंगलसेनबाट हेलिकप्टर मार्फत पठाईएको त्रिपाल २ सय २५ थान, म्याटरेस २५ थान, चामल २५ बोरा, दाल ७५ केजी, खाने तेल २५ लिटर, नुन ५० केजी, भाँडाकुडा २५ सेट सहितका सामाग्री गाउँपालिका अध्यक्ष झँकर बहादुर साउदले प्राप्त गरेर पीडितहरुलाई वितरण गर्नुभएको छ ।

गत भदौ २ गते राती कैलाशखोलामा आएको बाढीले २२ घर बगाई १७ जना बेपत्ता पारेको थियो । जसमध्ये ७ जनाको शव फेला परेपनि अझै १० जना बेपत्ता नै छन ।

बाढीले खेतीबारीमा समेत नराम्रो असर गरेपछि विभिन्न पक्षबाट सहयोग भइरहेको छ । सडक, पुल समेत बगाएपछि रामारोशनसँग जिल्लाको यातायात सम्पर्क विच्छेद भएको छ ।

गाउँपालिका अध्यक्ष साउदलाई केयर नेपालका राजेन्द्र भट्ट, सेवक नेपाल सुआहारा कार्यक्रमका कार्यक्रम संयोजक सेत बहादुर भुलले हस्तान्तरण गर्नु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button