विदेशबाट फर्केका युवाहरुद्वारा सामुहिक व्यवसाय सुरु
काभ्रे । काभ्रेमा विदेशबाट फर्केका युवाहरुले सामुहिक व्यवसाय सुरु गरेका छन् ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ८ मल्पिमा ‘हिमाल एकीकृत कृषि फर्म’ सञ्चालन गरी युवाहरुले संरचना तयार गरेर गत कात्तिकबाट भैंसी र गाई पाल्न सूरु गरेका हुन् । .
एक–एक लाख जम्मा गरी २४ युवाले व्यवसाय सुरु गरेकोमा अहिले भैंसी, गाई पालनसंगै धान खेती समेत गरिएको छ ।
पैसा कमाउनका लागि युवाहरु विदेश नै जानुपर्छ भन्ने सोचाइको अन्त्य गर्न आफूहरुले गाउँघरमै फर्म सञ्चालन गरेको दिनेशकुमार बजगाईंले बताउनुभयो ।
फार्ममा पाँच वर्षमा सय वटा भैंसी पुर्याउने, सय रोपनी जग्गा भाडामा लिने, त्यसमा भैंसीसंगै बाख्रा, कुखुरा, हाँस, कालिज र टर्की पनि पाल्ने योजना रहेको युवाहरुले बताएका छन् ।
यससँगै अर्गानिक तरकारी खेतीको पनि शुरुवात गर्न लागेको युवा बुद्धिमान विकले बताउनुभयो ।
चार वर्षसम्म साउदीमा बसेर पर्किएका युवाहरु सामुहिक व्यवसायमा संलग्न रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्