प्रतिबन्धित लागुऔषध सहित दुई युवक पक्राउ
सर्लाही । सर्लाहीको बेग्ला बेग्लै स्थान बाट प्रतिबन्धित लागु औषध सहित दुई जना युवक पक्राउ परेका छन ।
गोडैता नगरपालिका वडा नं. ४ रोहवा स्थित गडहिया मलंगवा सडक खण्डमा गडहियाबाट मलंगवा तर्फ जादै गरेको बा.१९ प.५३५२ नं.को मोटरसाइकलमा लुकाई पछाडी राखेको शिखर गुट्टक्का झोलाबाट ९० वोतल वालरेक्स र एक जना युवकलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी गस्ती टोलिलाई शंका लागि चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध ९० वोतल वालरेक्स र बसवरिया गा.पा. वडा नं. ३ बस्ने अन्दाजी ३६ वर्षिय युवक विकाश कुमार मण्डललाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसैगरी सर्लाहीको हरिवन नगरपालिका बाट पनि ठुलो परिमाणमा प्रतिबन्धि लागु औषध सहित एक जना युवक पक्राउ परेको छ ।
वडा नं.५ घुर्कौली चौक स्थित भित्री सडक खण्डमा दक्षिण बाट उत्तर तर्फ आउदै गरेको बा.६२प .४६४१ न.को मोटरसाइकलमा लुकाई छिपाई लागु औषध लाने क्रममा डाइलक्स डिसि १०१ बोतल, वयरलेक्स १९८ बोतल, नाईटट्रोभेट ९०० पिस, स्पास्मो २०० पिस तथा एक जना युवकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।
नियन्त्रणमा लिइएको लागुऔषध, मोटरसाइक र हरिबन न.पा.६ बस्ने २१ वर्षिय युवक नबरत्न कुशवाहालाई अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले जानकारी दिए ।








प्रतिक्रिया राख्नुहोस्