तपाईँ सुन्दै हुनुहुन्छः

समुदायमा कोरोना फैलिएपछि नगरवासीलाई सतर्क रहन बिर्तामोड नगरपालिकाको आग्रह

भद्रपुर, झापा । जिल्लाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा समुदाय तहमा कोरोना संक्रमण देखिएपछि बिर्तामोड नगरपालिकाले आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन अपिल गरेको छ ।

नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले आवश्यक सावधानी अपनाउन नगर बासीमा अपिल गर्नुभएको हो ।

बिर्तामोडको व्यस्त बजार रत्न सुपर मार्केटमा सुनचाँदी व्यवसायीका परिवारका दुई जना महिला सदस्यमा आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बजारमा त्रास बढेको छ ।

नगरप्रमुख सिवाकोटीले संक्रमण देखिएको रत्न र प्रसाईँ सुपर मार्केट सिल गरिएको बताउँदै त्यहाँका व्यवसायीको पीसीआर परीक्षणको तयारी भइरहेको जनाउनु भएको छ । मङ्गलवार उनीहरूको परीक्षण गरिनेछ ।

नगरको स्वास्थ्य शाखा प्रमुख ओम खड्काले एक सयभन्दा बढी व्यवसायीको परीक्षण सूची तयार भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button