तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपलिका वडा नंं २० देवपुरा रुपैठा घर भएका वर्ष ५८ का एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले दिईएको जानकारी अनुसार रुघा, खोकी तथा ज्वरो लागेपछि भदौ ३ गते स्वाव संकलन गरेपछि ४ गते नै मृत्यु भएकोमा आज आएको पि सि आर रिपोर्टमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

मृतकलाई रिपोर्ट आउनु भन्दा अगाडी नै संस्कार गर्ने काम भएकाले संस्कारमा जानेहरुलाई होम आईसोलेशनमा वस्नका लागि वडा समितिले आग्रह गरेको छ । सवैको कन्ट्याकट ट्रेसिङ्ग गरेर पि सि आर गरिने भएको छ ।

धनुषा जिल्लामा पछिल्लो पटक मृत्यु भएका व्यक्तिसंगै मृतकको संख्या ११ पुगेको छ भने प्रदेश नंं २ मा मृतकको संख्या ६२ पुगेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button