कर्णालीमा कोरोना जितेर घर फर्किनेको सख्या बढ्दै
सुर्खेत । कर्णालीमा कोरोना संक्रमित भन्दा कोरोनालाई जितेर घर फर्किनेको संख्या ह्वात्तै बढेको छ । आज (आइतबार) थप ४ जना डिस्चार्ज भएसँगै कोरोना जितेर घर फर्किनेको संख्या १९७३ पुगेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको हो ।
महाशाखाका अनुसार कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा चार जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणबाट थप चार जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये सुर्खेत र जुम्लाका दुई÷दुई जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनु भयो ।
यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २२४४ पुगेको छ । प्रदेशमा हालसम्म ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २६५ जना आइसोलेसनमा रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्