तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा आज ७० कोरोना सङ्क्रमित थपिए


सुनसरी । प्रदेश १ मा आज २७ महिला र ४३ पुरुष गरी ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सङक्रमितहरु मोरङमा ५०, झापामा १०, सुनसरीमा ९, र प्रदेश १ बाहिरका १ जना रहेका छन् । विराटनगरमा आज ४२ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १८ महिला र २४ पुरुष छन् ।

मोरङको बुढीगंगामा ४ महिला १ पुरुष, केराबारीमा २ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको छ । त्यसै गरी झापाको कमल गाउँपालिकामा १ महिला २ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, बिर्तामोडमा २ महिला कनकाईमा १ महिला, गौरादहमा २ पुरुष र स्थानीय तह नखुलेका १ पुरुष, सुनसरीको इटहरीका १ महिला ८ पुरुष र धनुषाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ६५९ पुगेको छ ।

प्रदेश १ मा आज २५ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट २२ र कोभिड १९ आइसोलेसन केन्द्र चौदण्डी गढी उदयपुरबाट ३ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा आज ८ सय ५ जनाको पिसिआर परीक्षण भएको छ । हाल सम्म ७७ हजार १ सय ५६ जनाको पिसिआर परीक्षण भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button