तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा थप १ साताका लागि निषेधित क्षेत्र घोषणा


सुनसरी । सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भएसङै जिल्ला प्रशासन कार्यालय सुनसरीले फेरि ७ दिन निषेधित क्षेत्रको समय थप गरेको छ ।

आज जिल्ला जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सुरक्षा समितिको बैठकले भदौ १४ गते मध्य राती १२ बजेसम्म सुनसरी जिल्लामा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जारी गरिएको सूचनामा भदौ १४ गते मध्य राती १२ बजेसम्म सुनसरी जिल्लामा अत्यावश्यक कामबाहेक हिँडडुल गर्न, व्यापार, व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ ।

केही अत्यावश्यक सेवाका कार्यालयहरूमा स्वास्थ्य मन्त्रालयले तोकेको प्रोटोकल पालना हुने गरी थोरै कर्मचारी राखेर काम गर्न गराउन प्रशासनले निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button