ऋषि पञ्चमी नुहाउन गएका तीन बालिका बागमती नदीमा बेपत्ता

बीरगंज । रौतहटको धरमपुर घाटस्थित बागमती नदीमा आज बिहान ऋषि पञ्चमीको अवसरमा नुहाउन गएका तीन जना बालिकाहरु डुबेर बेपत्ता भएका छन् ।
ऋषि पंचमीको अवसरमा बिहान १०ः०० बजे गढिमाई नगरपालिका वडा नम्बर.७ स्थित बागमती नदीको धरमपुर घाटमा नुहाउन गएका स्थानीय भदै मुखियाकी १० बर्षीया छोरी पिंकु कुमारी मुखिया, लक्षुमण दासको १२ बर्षिया छोरी सुसिता कुमारी दास र छट्टु मुखियाकी १० बर्षिया छोरी चन्चल कुमारी मुखिया बाग्मती नदीमा नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रबिराज खड्काले बताउनुभयो ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी सहायक निरीक्षक क्षेत्र बहादुर बडुवालको कमान्डमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली परिचालन भएको र बेपत्ता बालिकाहरुको खोजी जारी रहेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।
बागमती नदीमा अहिले पानीको बहाब उच्च रहेको र खोजी कार्यमा कठिनाई भइरहेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्