जर्मन वैज्ञानिकहरुको अनौठो प्रयोग : कोरोनाको अनुसन्धान गर्न साङ्गीतिक कन्सर्ट

जर्मनी: भिडभाड भएको स्थानमा कोरोना भाइरसको सङ्क्रमणको जोखिम के -कसरी बढ्छ भन्ने सम्बन्धमा अनुसन्धान गर्न जर्मनीका वैज्ञानिकहरूले दर्शकको घुइँचो लाग्ने गरी तीन वटा साङ्गीतिक कन्सर्ट आयोजना गरेका छन् ।
उक्त कन्सर्टहरुमा १८ देखि ५० वर्ष सम्मका १५ सय स्वस्थ स्वयमंसेवकहरुले भाग लिएको, बिबिसीले जनाएको छ ।
जर्मनीको हेल विश्वविद्यालयले गरेको उक्त प्रयोगका अनुसन्धान प्रमुख डा. स्टिफन मोटिजले आफूहरू अनुसन्धानबाट सन्तुष्ट भएको र आगामी दिनमा सामाजिक दुरी सम्बन्धी नयाँ वैज्ञानिक प्रावधानहरू तयार गर्न उक्त प्रयोगले मद्दत गर्ने विश्वास व्यक्त गर्नु भयो ।








प्रतिक्रिया राख्नुहोस्