तपाईँ सुन्दै हुनुहुन्छः

कृषकहरु व्यावसायिक टमाटर खेतीमा

धनकुटा । धनकुटाको शहिदभूमि गाउँपालिका ३ का कृषक नगेन्द्र राईले टमाटर खेतीवाट यस सिजनमा ४ लाख बढी आम्दानी गर्न सफल हुनुभएको छ ।

५ वर्ष अघि व्यवसायीक रुपमा टमाटर खेती सुरु गर्नुभएका कृषक नगेन्द्र राईसंगै त्यहांका कैयौं कृषक हाल टमाटरको व्यावसायिक खेतीमा लागेको र गाउंमै लाखौं आम्दानी गरिरहनुभएको छ ।

धनकुटाको शहिदभूमि गाउँपालिकामा हाल ३ सय हेक्टर क्षेत्रफलमामा टमाटर खेती हुंदै आएको गाउँपालिकाका कृषि प्राविधिक खिर प्रसाद राईले जानकारी दिनुभयो ।

गत वर्ष यो गाउँपालिकाबाट २० करोड बराबरको टमाटर वाह्य जिल्लामा निर्यात भएको थियो । यो वर्ष पनि टमाटर खेतीबाट कृषकलाई राम्रो आम्दानी हुने शहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button