तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री बाेहराद्वारा  बाढी प्रभावित क्षेत्रको अनुगमन

अछाम – सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले अछाममा बाढी प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन थाल्नुभएको छ ।

बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षणका लागि मन्त्री बोहरा अछाम पुग्पुनु भएको हो  । उहाले अछाम पुगे लगत्तै शनिवार साँफेबगर नगरपालिकामा बुढिगंगा नदीले कटान गरेको क्षेत्रको निरीक्षण गर्नुभएको छ ।

बुढिगंगा नदीले वैद्यनाथ क्षेत्र जोखिममा परेको भन्दै मन्त्री बोहराले दीर्घकालीन योजना बनाएर तटबन्ध गर्नुपर्ने र यसका लागि प्रदेश सरकारले योजना बनाउने बताउनुभयो ।

मन्त्री बोहराले बुढिगंगा नदी कटान नियन्त्रणका लागि आवश्यक योजना तयार गर्ने बताउनुभयो । अब १७ जना बेपत्ता हुने गरी बाढी प्रभावित बनेको रामाराेशन क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको मन्त्री बोहराले बताउनुभयो ।

केही दिन पहिले आएको बाढीले रामरोशन गाउँपालिका-५ सैनी बजार बगाउँदा छ जनाको मृत्यु भएको छ भने बाढीमा बेपत्ता भएका ११ जना अझै हराइरहेका छन् ।

मन्त्री बोहराले स्थलगत अवलोकनपछि पीडितलाई राहत र क्षतिपूर्ति तथा जोखिममा रहेका बस्तीको व्यवस्थापनका लागि योजना तयार हुने बताइएको छ ।

यस अघि मन्त्रीपरिषद्को बैठकले विपद्बाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक  लाख र राहत क्षतिपूर्ति र उद्धारको लागि भन्दै एक  करोड उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button