प्रदेश १ मा थप १०२ कोरोना संक्रमित
सुनसरी । प्रदेश १ मा शनिबार ३७ महिला र ६५ पुरुष गरी कूल १०२ जनामा कोरोना संक्रमण भएको छ ।
मोरङका ४९, सुनसरीमा ३०, झापाका १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।
मोरङको विराटनगरमा २० र महिला १३ पुरुष, सुनबर्षीमा २ महिला र ८ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, कटहरीमा २ पुरुष, धनपालथानमा १ पुरुष र स्थानीय तह नखुलेकी १ महिला रहेकी छिन् ।
मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा १२ पुरुष, इटहरीमा ५ महिला र ३ पुरुष धरानमा १ महिला र ३ पुरुष, गढीमा १ महिला र ३ पुरुष, भोक्राहामा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।
झापाको दमकका ३ महिला र १३ पुरुष, भोजपुरको अरण गाउँपालिकाका ३ पुरुष, इलामको देउमाईका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला र १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ५८९ पुगेको छ भने हाल सम्म १ हजार २४३ जना डिस्चार्ज भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्