बाँकेमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालगन्ज । बाँकेमा आज थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ सय १७ जना पुगेको छ ।
भेरी अस्पताल प्रयोगशाला नेपालगन्जमा गरिएको परीक्षणमा कोहलपुरका पाँच जना , नेपालगन्जका तीन जना र जानकीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।
बाँकेमा हालसम्म पाँच सय ६८ जना कोरोना निको भई डिस्चार्ज भएका छन् भने कोरोना सङ्क्रमणका कारण चार जनाको भएको छ ।
त्यस्तैगरी भेरी अस्पताल प्रयोगशाला नेपालगन्जमा गरिएको परीक्षणमा बर्दिया मधुवनका एक जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।








प्रतिक्रिया राख्नुहोस्