तपाईँ सुन्दै हुनुहुन्छः

एक लाख ५८ हजार नगदसहित पाँच जना जुवाडे नियन्त्रणमा

घोराही । दाङ प्रहरीले नगदसहित पाँच जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक गणेश गिरीको नेतृत्वमा गएको प्रहरी टोलीले एक लाख ५८ हजार ३ सय रुपैयाँ नगद र पाँच जना जुवाडेलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले जिल्लाको घोराही १० चारबगीयामा रहेको कृष्ण केसीको कुखुरा फर्ममा जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले नगदसहित तीन गुड्डी खोलेका र १० गुड्डी नखोलेका तास पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले जुवा खेल्ने कार्यमा संलग्न रहेका सबैलाई जुवा ऐन अन्तर्गत अनुसन्धान गरी मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय दाङमार्फत अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button