तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध नारायणगढ मुग्लिन सडक खुल्यो

चितवन । सुख्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ– मुग्लिन सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।

शनिबार करीब १ बजे चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मुग्लिन नजिकै ३ नम्बर पुलमा सुुख्खा पहिरो खस्दा सडक दुई तर्फी अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएर बिहान ८ बजे दुईतर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ । जाममा परेका सवारीसाधनहरु पहिरो हटाएपछि गन्तव्य तर्फ पठाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button