तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

सर्लाही । सर्लाहीमा कोरोना भाईरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मलंगवा नगरपालिका वडा नं. ९ बस्ने एक पुरुष रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।

शुक्रवार पाटन अस्पतालको आईसीयूमा उपचाररत ती पुरुषको मृत्यु भएपछि सर्लाहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । मृतक श्वासप्रश्वासमा समस्या तथा ज्वरो आएपछि पाटन अस्पतालमा भर्ना भएका थिए ।

कोरोना परीक्षण गर्दा भदौ २ गते कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य निरीक्षक सुशिल झाले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button