‘दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त’
काठमाडौं । सरकारले दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त रहेको उल्लेख गरेको छ ।
कोरोना नियन्त्रणका लागि देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएपछि अत्यावश्यक खाद्यान्नको मौज्दातका बारेमा जिज्ञासा भए पनि आपूर्तीको सन्र्दभमा कुनै पनि चिन्ता मान्नु पर्ने अवस्था नरहेको र दैनिक उपभोगका सामानहरुको मौज्दात प्रयाप्त रहेको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका वाणिज्य सचिव बैकुण्ठ अर्यालले आपूर्ती व्यवस्था यथावत रहेको खाद्यान्नको स्टक पर्याप्त रहेको बताउनु भयो । चिनीको मौदात पनि रहेको नपुग आयातका लागि मातहतका निकायहरुलाई अनुमती दिएको बताउनु भयो ।
दैनिक उपभोग्य सामाग्रीहरु दाल, चामल, नुन, तेल, केराउ र चना पर्याप्त रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार हाल सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र निजी क्षेत्रसँग ९५ हजार टन मौज्दात रहेको छ ।
जसमा निजी क्षेत्रसँग ८५ हजार टन र सरकारी कम्पनीसँग १२ हजार ७ सय ६८ टन मौज्दात बाँकी छ । यस्तै नुन १ लाख ३५ हजार टन मौज्दात छ । चिनी १५ हजार ९ सय ४७ टन मौज्दात छ । यसैगरी फापर ५८ क्वीन्टल दाल तथा गेडागुडी २० हजार टन र खानेतेल ७५ हजार ४ सय ५ टन मौज्दात छ ।








प्रतिक्रिया राख्नुहोस्