तपाईँ सुन्दै हुनुहुन्छः

भदौरे धानबालीमा बाला सुक्न थालेपछि किसान चिन्तित

वीरगञ्ज । पर्सामा भदौरे धानबालीमा दाना नलाग्दै बाला सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन् ।

विषेश गरी भदौरे मन्सुली जातका बालीमा यो समस्या देखिएको छ । ९० दिनमा भित्र्याईने भदौरे धानबाली रोपेको करिब ६० दिनपछि बाला निस्किन थालेकोमा बालामा दाना नै नलागी सुक्न थालेको पर्सा जिराभवानी गाउपालिका वडा नम्बर २ सेढवाका किसान रामजनम दास थारुले बताउनुभयो ।

यस वर्ष आकाशे पानी राम्रो परेकाले बाली सप्रिएको भएपनि दाना नलाग्दै बाला सुक्न थालेपछि आफुहरु चिन्तित भएको थारुले बताउनुभयो ।

भदौ महिनाको अन्तिम साता भित्र्याईने भदौरे धानबाली पर्साको जगरनाथपुर, जिराभवानी, ठोरी, पटेर्वा सुगौली, सखुवा प्रसौनी गाउपालिका, पर्सागढी नगरपालिका र वीरगञ्ज महानगरपालिकाका ग्रामिण क्षेत्रका किसानहरु लगाउने गरेका छन ।

पटेर्वा सुगौली गाउपालिकाका कृषि संयोजक गोविन्द भैया थारुले फंगज जिवाणुको कारण यो रोग लागेको बताउदै बाला निस्किनु अगाडी धानको पात पहेलो हुनु यसको लक्षण भएको र समयमै कारबेन्डाजिन ५०५ वा हेक्सा क्लोनाजेल ढुसीनाशक औषधी छरेमा यो रोग नियन्त्रण गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button