तपाईँ सुन्दै हुनुहुन्छः

अवैध उत्खनन गर्ने १३ सवारी साधान नियन्त्रणमा

महोत्तरी । महोत्तरी प्रहरीले निषेधाज्ञाको बेलामा रातुखोलामा नदिजन्य पदार्थको अवैध उत्खनन गर्ने १३ वटा सवारी साधानहरु नियन्त्रणमा लिएको छ ।

महोत्तरीको बर्दिवास नगरपालिका, महोत्तरी गाउँपालिका र एकडारा गाउँपालिकाबाट रातु खोलामा अवैध रुपमा माटो तथा नदीजन्य पदार्थ उत्खन्न गरेका गर्दै ट्याक्टरहरु र जेसीभीहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश विष्टले जानकारी दिनुभयो ।

प्रहरीले ९ वटा ट्याक्टर, ३ वटा जेसीभी र एक टिपरलाई नियन्त्रणमा लिएको हो । रातु खोलामा अवैध रुपमा उत्खनन गरी रहेको भन्ने सुचना प्राप्त हुन साथ प्रहरी टोलि खटि ट्रिपर, ट्याक्टर र जेसीभीहरु नियन्त्रणमा लिएको डिएसपी विष्टले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएको सवारी साधनलाई आवश्यक कारबाहीको लागी स्थानीय निकायमा पठाउने प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरीमा रातको समयमा अवैध रुपमा खोलामा नदीजन्य पदार्थहरु उत्खन्न् हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button