प्रहरीद्वारा गुणस्तरहीन रहरको दाल नष्ट
बारा । गुणस्तरहीन प्रमाणित भएको ८ सय ६६ बोरा रहरको दाल बारा प्रहरीले आगो लगाएर नष्ट गरेको छ ।
विभिन्न वडाहरू तथा कोल्ड स्टोरेजमा सिलबन्दी गरिएको अखाद्य रहरको दाल बारा प्रहरीले पसाहा खोलाको किनारमा खाडल खनेर जलाएको हो ।
कलैया उपमहानगरपालिका वडा नं.७ स्थित संचालित यादव आइस एण्ड कोल्ड स्टोरेजमा बरामद गरी सिल गरिएको प्रति बोरा २५ किलो भएको ३८० बोरा प्रति बोरा ५० किलो भएको ४५० बोरा गरी जम्मा ८३० बोरा अखाद्य रहरको दाल, उप महानगरपालिका वडा नं.२० वडा कार्यालयबाट राहत वितरणको लागि खरिद गरी बसतपुर प्रहरी चौकीको प्राङ्गणमा राखिएको अखाद्य रहरको दाल २५ बोरामा ४२५ किलो र उपमहानरपालिका वडा नं.११ स्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय.घोघलरियामा सिल गरिएको ११ बोरामा ४२५ किलो अखाद्य रहरको दाल नष्ट गरीएको बारा प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्