तपाईँ सुन्दै हुनुहुन्छः

यातायात व्यवस्था कार्यालय, कञ्चनपुरको राजस्व ६६ लाखले बढ्यो

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय, कञ्चनपुरले गत आर्थिक बर्ष २०७५/०७६ भन्दा आर्थिक बर्ष २०७६/०७७ मा ६६ लाख बढी राजश्व संकलन गरेको छ । यातायात व्यवस्था कार्यालय कञ्चनपुरले आ.ब. २०७५/०७६ मा १३ करोड ७८ लाख आठ हजार एक सय आठ रुपैयाँ राजश्व संकलन गरेको कार्यालयले आ.ब. २०७६/०७७ मा १४ करोड ४५ लाख तीन हजार दुई सय ३८ रुपैयाँ राजश्व संकलन गरेको हो । उक्त रकम आ.ब.२०७५/०७६ को भन्दा ६६ लाख रुपैयाँले बढी हो ।

बिभिन्न ६ शिर्षकमा कार्यालयले उक्त राजश्व संकलन गरेको यातायात व्यवस्था कार्यालय कञ्चनपुरकी सुचना अधिकारी लीला देवि जोशीले बताईन । आ.ब.२०७६/०७७ मा चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट ३ करोड १३ लाख चार हजार तीन सय २७ रुपैयाँ, व्यवसाय रजिष्टेशन दस्तुरबाट सात लाख ९९ हजार आठ सय ६० रुपैयाँ, सवारी साधन करबाट १० करोड ३९ लाख ५५ हजार आठ सय छ रुपैयाँ राजश्व कार्यालयले संकलन गरेको छ ।

यस्तै यातायात क्षेत्रको आम्दानीबाट दुई लाख ४४ हजार दुई सय ९५ रुपैयाँ, बेरुजुबाट पाँच हजार र अन्य प्रशासनिक सेवा शुल्कबाट एक लाख ७५ हजार नौ सय ६० रुपैयाँ राजश्व संकलन गरेको यातायात व्यवस्था कार्यालय कञ्चनपुरकी सुचना अधिकारी जोशीले बताईन ।

गत आर्थिक बर्ष २०७६/०७७ को अन्तिम महिनामा मात्रै कार्यालयले छ शिर्षकमा दुई करोड ६७ लाख ९३ हजार नौ सय ३७ रुपैयाँ राजश्व संकलन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button