तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरीद्वारा कैलालीमा दुई लाख ७५ हजार बराबरको सामान बरामद

टीकापुर कैलाली । सशस्त्र प्रहरीले कैलालीमा पौने तीन लाख बरारको भन्सरा छली ल्याएका सामान बरामद गरेको छ ।

शस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलाली र मातहतका बिओपिबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छलीका दूई लाख ७५ हजार बराबरको सामान बरामद गरेको छ ।

भजनी नगरपालिका वडा नम्बर ७ हिक्मतपुर र कैलारी गाउपालिका वडा नंम्बर ३ को भितरिया घाटमा भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउदै गरेको दुई लाख ७५ हजार बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका प्रमुख कमल प्रसाद तिउसिनाले जानकारी दिनुभयो ।

बरामद गरिएको बिडी, सुर्तिजन्य पदार्थ, पाष्टिकको डोरी र मोबिल आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा दाखिला गरिएको उहाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button