पुल नहुँदा जोखिम मोलेर खोला तर्नु पर्ने बाध्यता

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नंं–१० सालिम खोलामा पुल नहुँदा स्थानीय नागरिकले आवातजावतमा सधैँ जुता निकालेर खाली खुट्टाले खोला तर्नु पर्ने बाध्यता रहेको छ ।
गमगढी नाक्चे लाग्न सडक अन्तर्गत सालिम खोलामा पुल नुहदाँ स्थानीय नागरिक खाली खुट्टा खोला तर्न बाध्य भएका हुन ।
हिउँदमा खोला घटेर बाटो सहज भए पनि वर्षाको समयमा खोलामा भेल आउने हुँदा स्थानीय नागरिकलाई ओहोरदोहोर गर्न समस्या हुने गरेको बताइएको छ ।
बर्षौ देखि सालीम खोलामा पक्की पुल नहुँदा हरेक वर्ष वर्षाको समयमा नागरिकले दुःख पाइरहेका छन् । वर्षामा खोलामा भेल आउने हुँदा करिब २० मिटरको दुरीमा उर्लँदो कर्णालीको भेल भएकाले आफूहरू जोखिमपूर्ण तरिकाबाट खोला तर्ने गरेको स्थानीयको भनाई छ ।
सालिम खोलामा पुल नहुँदा, हिउँदमा खोलामा ढुङ्गा र माटोको थुप्रो बनाई स्थानीय हिँड्ने गरेका भएपनी वर्षाको समयमा ढुङ्गा र माटो खोलाले बगाउने भएकाले बर्सेनि जोखिम मोलेर खोला तर्नु पर्ने बाध्यता रहेको नागरिकहरूको गुनासो रहेको छ ।

मुगुको बाटो आफैँमा कठिन छ, त्यसमा पनि ठाउँ–ठाउँमा भएका खहरे खोलामा पुल नहुनु र भएका काठका पुल पनि बगाउने समस्याले वर्षैपिच्छे यस्तो सास्ती झेल्नुपरेको छ ।
हिउँदमा खोला सुक्छन् र बाटो सहज हुन्छ । वर्षामा पानी धेरै पर्ने र खोलामा बाढी आउने हुनाले सालिम खोला तरेर गमगढी आउने र गमगढी बाट घर जाने तथा कार्मारोगं गाउँपालिका जाने नागरिकले दिनैपिच्छे खोलाको किनारमा पुग्दा झस्किने गरेका छन् ।
सडक व्यवस्थित नगरिँदा आफूहरूले आवत जावतमा समस्या भोग्दै आएको बर्षौ भएको भए पनि यस तर्फ सम्बन्धित निकाय मौन रहेको आरोप स्थानीयको छ ।
पुल नहुँदा, मुगुमा कार्मारोगं गाउँपालिका स्थानीय र नगरपालिकाको वडा नं १०, ११, १२ का नागरिक प्रत्यक्षरुपमा प्रभावित भएका छन् । उनीहरुलार्ई सदरमुकाम गमगढीसम्म आवतजावत गर्न समस्या भएको छ भने मान्छे सँगै गाईबस्तु वारपार गर्न समेत समस्या भएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्