तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् सर्ट हुँदा एक जनाको मृत्यु, एक घाइते

पाल्पा । पाल्पामा अचानक विद्युत् सर्ट हुँदा एक जनाको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ६ खुनधारामा अचानक विद्युत् सर्ट हुँदा एक जनाको मृत्यु भएको हो ।

विद्युत् सर्ट हुँदा रैनादेवी छहरा गाउँपालिका वडा नं. ६ खुनधारा बस्ने २७ वर्षीय दिल कुमारी पुनको मृत्यु भएको छ । यूनाईटेड मिसन हस्पिटल तानसेन उनको उपचारका क्रममा मुत्यु भएको हो ।

उक्त घटनामा अर्का एक जना सोही ठाउका ५२ वर्षीय झमान सिंह पुन घाइते भएका छन् । घाइतेको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइते पुनको अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ ।

दिउँसो साढे १ः०० बजेको समयमा विद्युत् सर्ट हुँदा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button