फ्रन्टलाइनमा खटिने छ जना महिलालाई तीजको अवसरमा सम्मान

झापा, । प्राणघातक कोरोना भाइरसको त्रासका बीच जोखिम मोल्दै सेवामा जुटिइरहेका छ जना महिलालाई तीजको अवसर पारेर झापाको बिर्तामोडमा बिहीबार सम्मान गरिएको छ ।
इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले बिर्तामोड–१ स्थित नर्वदेश्वर शिवालय मन्दिरमा सामाजिक दूरी कायम गरी दर खाने दिन सम्मान गरेको हो ।
कोरोना कहरका बेला फ्रन्टलाइनमा काम गर्ने सिनियर एएनएम टङ्कमाया सङ्ग्रौला, सेक्युरिटी गार्ड सुनिता अधिकारी, तरकारी व्यापारी फूलकुमारी राजवंशी, फलफूल व्यापारी थोपु चौधरी, क्लिनर तारा राजवंशी र घरेलु कामदार ममता साहलाई सम्मान गरिएको क्लबकी अध्यक्ष रेणु वंशलले बताउनुभयो । सम्मानितहरूलाई साडी, चुरा, पोते प्रदान गरिनुका साथै तीजको दर खुवाइएको थियो ।
कोरोना कहरमा सेवामा जुट्नु पर्ने भएकाले माइत जान नपाइरहेका बेला क्लबले दर खुवाएर सम्मान गर्दा आफूहरूलाई माइत गएजत्तिकै खुसीको अनुभूति भएको सम्मानित भएकाहरूले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्