तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलको अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

बुटवल । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आज एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

प्युठान स्वर्गद्वारी नगरपालिका वडा नं.७, सोत्रेका ६४ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिनुभयो ।

बिहान ६ः३० बजे मृत्यु भएको उनलाई सुगर र उच्च रक्तचाप समेत रहेको डा. गौतमले बताउनुभयो ।

साउन ३२ गते प्युठानमा नै संक्रमण पुष्टि भएका उनी भदौ १ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।

मृतक भारतबाट रोजगारी गरेर फर्किएका उनी नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए । स्वाब जाँच गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएसँगै उनमा खोकी लाग्ने ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि बुटवल ल्याइएको र कोरोना विशेष अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button