तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुर जिल्लाभर निषेधाज्ञा

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कञ्चनपुर जिल्लाभर निषेधाज्ञा आदेश जारी गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउनका लागि बिहिबार राति १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनैपनि व्यक्ति घरबाट बाहिर ननिस्कन र अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कनै पर्ने भए तोकिएको मापदण्ड पूरा गर्नुपर्ने छ । अहिले जारी गरिएको निषेधाज्ञा कडाइका साथ लागु गर्न गराउन सबैमा आग्रह गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी खतिवडाले आवश्यक परेमा थप कडाइका लागि लकडाउन समेत गर्न सकिने आशय व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button