तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा २४ जना कोरोना सङ्क्रमित थपिए

नेपालगन्ज । बाँकेमा आज २४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

भेरी अस्पताल प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोहलपुरका १७ जना , जानकीका छ जना   र नेपालगन्जका एक जनामा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या सात सय ८७ पुगेको छ । हालसम्म चार  सय ९६ निको हुँदा बाँकेमा चार जनाको भने मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button