धनकुटामा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

धनकुटा । धनकुटामा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सहिदभूमि गाँउपालिकाको ४५ वर्षीय पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।
यो संगै धनकुटामा कोरोना संक्रमितको संख्या १८ पुगेको छ । गाउँपालिकाबाट १६ जनाको स्वाब संकलन गरी भदौ १ गते पिसिआर परिक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको थियो । परिक्षणमा १६ जना मध्ये १५ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ देखाएको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलरी प्रसाद गुरागाइले बताउनु भयो ।
संक्रमितलाई मोरङ गोठगाँउस्थित कोरोना अस्पतालमा पठाएको गाउपालिका अध्यक्ष मनोज राइले बताउनुभयो । हालसम्म धनकुटामा १६ जना निको भएर अस्पतालबाट घर फर्कि सकेका छन् भने एक जना मोरङ गोठगाँउस्थित कोरोना अस्पतालमा उपचाररत छन् । यस अघि पनि धनकुटा जिल्लामा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको थियो उनीहरु निको भएर घर फर्कि सकेका छन् ।
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिए पछि सहिदभूमि गाँउपालिकाले उच्च सर्तकता अपनाउदै मुख्य बजार क्षेत्रलाई सिल गरेको छ । आज बाट संक्रिमतको प्रत्यक्ष संम्पर्कमा पुगेका व्यक्तिहरुको स्वाब संकलन गरी स्वाब परीक्षण रिपोर्ट नआउन्जेल सम्मका लागि थलथले बजार देखि पिप्लेसम्म सिल गरीएको गाउँपालिकाका अध्यक्ष मनोज राइले बताउनु भयो । संक्रमितको प्रत्यक्ष संम्पर्कमा पुगेकाहरुको भोलिदेखि स्वाब संकलन थालिने गाउपालिकाको नासु सारादा प्रसाद धमलाले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्