सञ्चालन हुन नसक्दा मझगाउ विमानस्थल गौ चरणमा परिणत
कञ्चनपुर । द्धन्दकालमा सुरक्षाको कारण देखाउँदै बन्द गरिएको कञ्चनपुर जिल्लाको मझगाउ विमानस्थल अहिलेसम्म पनि सञ्चालन हुन सकेको छैन ।
विमानस्थल सञ्चालन हुन नसक्दा अहिले गौ चरणमा परिणत भएको छ । स्थानीयहरूले छाडा चौपायाहरूलाई लगेर विमानस्थलभित्र छाड्ने गरेका छन् ।
विमानस्थल सञ्चालनका लागि केन्द्र सरकारसँग पहल गरिएको र तत्काल विमानस्थलको सुरक्षाका लागि तारवार गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनु भएको छ ।
विमानस्थलको धावनमा मार्ग केही अपुग भएकाले शुक्लाफाटा राष्ट्रिय निकुञ्जसँग थप क्षेत्र माग गरिएको तर त्यो अझै स्वीकृत नभएकाले विमानस्थल सञ्चालनमा ढिलाइ भएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाई रहेको नगर प्रमुख विष्टले बताउनु भएको छ ।
नगरपालिकाले ताराबार गरेको विमानस्थल भित्र स्थानीयले छाडा गाई, गोरु लगेर छोड्ने गरेका कारण विमानस्थल गौ साला जस्तै देखिन थालेको छ ।
जिल्लावासीहरूले भने निर्वाचनको समयमा नेताहरूले विमानस्थल सञ्चालनलाई मुख्य एजेन्डा बनाउने र निर्वाचन जितेपछि बिर्सने गरेको आरोप लगाउने गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्