तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषध गाँजासहित एक जना पक्राउ

सुनसरी । धरानबाट प्रतिबन्धित लागु औषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका– १६ का ३४ वर्षीय किरण धिमालले आफ्नै घरमा गाँजा लुकाई छिपाई राखेको अवस्थामा बुधवार अपराह्न इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले छ केजी गाँजा बरामद गरेको हो ।

बरामद गरिएको गाँजासहित धिमाललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button