कैलालीमा आज राती १२:०० बजेदेखि लागु हुनेगरि निषेधाज्ञा जारी
जगत साउदधनगढी । कैलाली जिल्लामा आज राती १२:०० बजेदेखि लागु हुनेगरि निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिन सक्ने जोखिम बढेपछि जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको स्थानीय प्रशासनले जनाएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बाेहराले आज राती १२ बजेदेखि लागु हुने गरी साउन १४ गतेसम्मका लागी निषेधाज्ञा जारी गरिएको बताउनुभयो । उहाँले निषेधाज्ञा अवधिमा जिल्लाभर अत्यावश्यक सेवा तथा बस्तु बाहेक अन्य सबै क्षेत्र बन्द रहने जानकारी दिनुभयो ।
भारतसम्म सिमानाका जोडिएको कैलालीमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिने जोखिम बढेको भन्दै धनगढी उपमहानपालिकाले लकडाउन गर्न स्थानीय प्रशासनलाई केही दिन अघि आग्रह गरेको थियो ।
कैलालीमा तेह्र सयभन्दा बढीमा काेराना संक्रमण पुष्टि हुँदा चार जनाको निधन भएको छ । पछिल्लो समय कैलालीमा कोरोना संक्रमण बढ्दै गएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्