बनेपाको आइसोलेशन कक्षका लागि व्यवसायीको सहयोग

काभ्रेपलाञ्चोक । बनेपाका युवा नेता तथा व्यवसायी रन्तकुश रञ्जितले बनेपा नगरपालिकाले तयार गरेको आइसोलेशन कक्षको लागि २० बेड सहयोग गर्नुभएको छ ।
बनेपा नगरपालिका वडा नं. ५ को नेपाल बनेपा बहु प्राविधिक महाविद्यालयमा बनाइएको आइसोलेशन कक्षका लागि रञ्जितले उक्त बेड प्रदान गर्नुभएको हो ।
महाविद्यालयको भवनमा रहेको आइसोलेशनमा ५० बेडको व्यवस्थापन गरिएको बनेपा नगरपालिकाले दिएको छ । ५० वटा वेडमा ३० वटा स्थानीय नगरपालिकाले व्यवस्थापन गरेको हो भने बाँकी २० वटा व्यवसायी रत्नकुश रञ्जितले व्यवस्थापन गर्नुभएको हो । रञ्जित सामाजिक क्षेत्रमा पहिलेदेखि नै क्रियाशील रहँदै आउनुभएको थियो ।

पछिल्लो समय काभ्रेमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै व्यवस्थित आइसोलेशन कक्ष निर्माण गर्न थालिएको हो ।








प्रतिक्रिया राख्नुहोस्