तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले पुरिएर दुईको मृत्यु, एक बेपत्ता 

दैलेख । दैलेखको विभिन्न ठाउँमा मंगलवार राति पहिरो जाँदा दुई जनाएको मृत्यु भएको छ भने अझै एक जना वेपत्ता रहेका छन् ।

ठाँटीकाँध गाउँपालिका ४ गैरागाउँमा मंगलवार राति पहिरो जाँदा १२ वर्षीय बालक जनक कठायत र भगवतीमाई गाउँपालिका ५ कट्टिमा पहिरो जाँदा ६६ वर्षीय बलबहादुर रावतको ज्यान गएको छ ।

पहिरोमा परी ठाँटिकाँध गाउँपालिका ४ का लोकेश कठायत अझै बेपत्ता रहेका छन् । बेपत्ता लोकेशको खोजी कार्य जारी रहेको दैलेख प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी हरिबहादुर ओलीका अनुसार ठाँटीकाँध गाउँपालिका ठाँटीकाँध गाउँपालिका ४ गैरागाउँमा गएको पहिरोमा परेका तीन जना घाइतेहरुको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

पहिरोमा परी घाइते भएका ४२ वर्षीय टीकाराम कठायत, उनका छोरा १५ वर्षीय सम्शेर कठायत र २३ वर्षका बम्म नेपालीलाई उपचारको लागि हेलिकप्टर मार्फत सुर्खेत पठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनुभयो ।

पहिरोमा परी घाईते भएका ४० वर्षीया धनसरा कठायत र ३४ वर्षीय महेन्द्र शाहीलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको ठाँटिकाँध गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष रमेश सिजापतिले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button