तपाईँ सुन्दै हुनुहुन्छः

राजश्व छली भित्र्याईएको सामान बरामद

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ति टोलीले भारतबाट भंसार छली नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा १० लाख ६० हजार भन्दा बढी मुल्यको विभिन्न खाद्यान्न, हार्डवेयरका सामान तथा भारतीय कपडा बरामद गरेको छ ।

प्रहरी चौकी ईनर्वा, सिर्सीया, अलौ लगायतका प्रहरी युनिटहरुले रातको समयमा लुकिछीपी भारतबाट सामान भित्र्याईरहेको अवस्थामा तस्कर तथा भरीयालाई नियन्त्रणमा लिन खोज्दा उनीहरु फरार भएको र सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बरामद गरिएका सामान थप कारवाहीका लागी वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साले आज जारी गरेको प्रेस नोटमा उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button