ग्यास लिक भइ आगलागी हुँदा तीन घर जलेर नष्ट, १० लाखभन्दा बढीको क्षति
बीरगंज । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ३ गंजभवानीपुरमा आज ग्यास लिक भएर आगलागी हुँदा तीन घर जलेर नष्ट हुनुको साथै लाखौँको क्षति भएको छ ।
गन्जभवानीपुर स्थित दिपक साहको घरमा खाजा खानको लागि पकौडी बनाइरहेको अवस्थामा अचानक ग्यास लिक भएर आगलागी हुँदा दिपक साहको घरसँगै जोडिएको उनका भाइ प्रदीप साहको सहित अन्य एक घर गरी तीन घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो निभाउने क्रममा प्रदीप साहकी श्रीमती सुनिता देवीको हात जलेर घाइते भएकी छन् ।
स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कलैया उपमहानगरपालिकाबाट गएको दमकलले आगो नियन्त्रणमा लिएको प्रहरी चौकी गंजभवानीपुरका प्रहरी नायव निरीक्षक राम उदय शर्माले जानकारी दिनुभयो ।
आगलागीबाट झन्डै १० लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्