सप्तरीमा एक पत्रकार र चार महिलासहित १८ संक्रमित
सप्तरी । सप्तरीमा बुधबार एक पत्रकार र चार महिलासहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टबाट एक पत्रकार र चार महिलासहित १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
पोजेटिभ मध्ये एक जना पत्रकार पनि छन् । ४० वर्षिय उनी पत्रकार महासंघ सप्तरीका पदाधिकारी समेत हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार पछिल्लो पटक पुष्टि भएकाहरु राजविराज नगरपालिका १ र २ का ३–३ पुरुष, वडा नं. ४ का १ पुरुष एक महिला, वडा नं. ६ का ३ महिला र ४ पुरुष तथा वडा नं. ७ का एक पुरुष रहेका छन् ।
यस्तै रुपनी गाउँपालिका वडा नं. ६ का दुई जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय १ पुगेको छ ।
संक्रमित सबैलाई साईकृष्णा मेडिकल कलेजस्थित आइसोलेशन कक्षमा ल्याउने तयारीका साथै उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान र स्वाब संकलन कार्य अघि बढेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्