तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलमा एकै दिन ३२ कोरोना सङ्क्रमित थपिए

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।

बुधवार अपराह्न ४ बजेसम्म उपमहानगरपालिकाभित्र १७ महिला र १५ जना पुरुष गरी ३२ जनामा कोरोना संक्रमण देखिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले जानकारी दिनुभएको छ ।

योसँगै रुपन्देहीमा सङ्क्रमितको सङ्ख्या एक सय २७ पुगेको छ । जसमध्ये ४२ महिला र ८५ पुरुष छन् ।

हालसम्म उपमहानगरपालिकाभित्र रहेका सङ्क्रमितमध्ये ५८ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसन ३३ जना रहेका छन् । कोरोनामुक्त भएर जानेको सङ्ख्या २९ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button