तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराका विभिन्न ठाउँमा आएको पहिरोमा परी दुई जनाको मृत्यु

बाजुरा  । मङ्गलवार राति आएको अविरल वर्षाका कारण बाजुराका विभिन्न ठाउँमा आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । भने दुई जना घाइते भएका छन् ।

पहिरोमा परी बुढीनन्दा नगरपालिका वडा नम्बर ६ की ५५ वर्षीया भिनु ल्वार र खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ की ३ वर्षीया बालिका सनिका बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

त्यस्तै खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ की ५ वर्षीया बालिका विनिता बुढा र ६० वर्षीया नन्दा बुढा घाइते भएका छन् । राति घरमा सुतेको बेला घर माथिबाट आएको पहिरोले घर पुरेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताउनुभयो ।

बुढीनन्दा नगरपालिका वडा नम्बर २ धुपागाढ खोलामा बाढी आएको छ । धुपागाढ खोलामा बाढी आएपछि कोल्टीका स्थानीय सुरक्षित स्थानमा बाँस सरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button