३० बेड क्षमताको आइसोलेसन सेन्टर निर्माण शुरु
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा ३० बेड क्षमताको आइसोलेसन सेन्टर निर्माण कार्य शुरु गरिएको छ ।
जिल्लामा पछिलो समय कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसंगै वडाले ३० बेडको आइसोलेशन निर्माण गर्न लागेको हो ।
वडामा रहेको एक मदरसामा सो आइसोलेसन निर्माण गर्न त्याहाँका मुस्लिम समुदायहरु तयार भएपछी वडाले धमाधम काम अगाडी बढाएको हो ।
वडा नम्बर २३ मा रहेको ९ जना संक्रमितहरु मध्ये दुई जना कलैया आइसोलशनमा, दुई जना म्याग्नेश फर्मामा र बाँकी ५ जना अहिले होम आइसोलेसनमा छन् ।
होम आइसोलसनमा बसेकालाई प्राथमिकताका आभारमा दुई दिन भित्रै वडाको आइसोलेशनमा स्थानान्तरण गर्ने गरी काम अगाडी बढाइएको छ ।
वडामा दुई जना स्थानिय डाक्टरहरुकै सहयोगमा यस आइसोलेसन निर्माण हुन लागेको हो । डा. इल्ताब अन्सारी र डा.एमामुल मन्सुरि दुबै स्वयंसेवकको रुपमा सहयोग गर्न तयार भएपछी वडाले उत्साहजनक रुपमा आइसोलेसन निर्माण गर्न लागेको देवानले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्