तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा १३ सहित प्रदेश ५ मा ५५ संक्रमित थपिए


रुपन्देही । रुपन्देहीमा १३ सहित प्रदेश नंं ५ मा आज मंगलबार ५५ जना कोराना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालय प्रदेश ५ का सूचना अधिकारी डा. पुष्पराज पौडेलका अनुसार रुपन्देहीमा १३, कपिलवस्तुमा २८, बाँकेमा ११, र बर्दियामा ३ जना गरी ५५ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये महिला १८, पुरुष ३७ जना छन् ।

यससंगै प्रदेशमा कुल संक्रमितको संख्या ५ हजार २ सय १ पुगेको छ । जसमध्ये ४ हजार २ सय ७६ जना उपचारपछि निको भएर घर गएका छन् भने ८ सय ९३ जना हाल उपचारमा रहेका छन् ।

हाल प्रदेशका ४ वटा आइसोलेसन अस्पतालमा ८६ जनाको सामान्य कक्ष र १० जनाको सघन उपचार कक्षमा उपचार भइरहेको सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताउनुभयो । तीमध्ये बुटवलको अस्थायी कोरोना विशेष अस्पतालको सामान्य कक्षमा २० र सघनमा १० जना गरी ३० जनाको उपचार भइरहेको छ । त्यस्तै शुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा ३७ र केन्द्रीय संस्कृत विद्यापिठमा २८ र भिम अस्पताल भैरहवामा १ गरी ८६ जनाको उपचार भइरहेको छ । प्रदेशभरको क्वारेन्टाइनमा २ हजार १ सय ७८ रहेका छन् ।
अहिलेसम्म ५ नं. प्रदेशमा १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button