तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य फेरि आकासियो


काठमाडौँ । मङ्गलवार नेपाली बजारमा सुनको मूल्य फेरि आकासिएको छ । गत हप्ता १ लाख ३ हजार ५ रुपैयाँसम्म पुगेको सुन घटेर प्रतितोला ९५ हजारसम्म घटेको थियो । मङ्गलवार फेरि बढेर एक लाख नाघेको हो ।

मङ्गलवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

सोमबार प्रतितोला १ हजार ३ सय १५रुपैयाँमा कारोबार भएको चाँदी मङ्गलवार १ हजार ३ सय ८० रुपैयाँ मूल्य कायम भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button