वीरगंजमा ६२ जना कारोना संक्रमित बेपत्ता
वीरगंज । वीरगंजका ६२ जना संक्रमित बेपत्ता भएपछि कोरोना संक्रमणको सन्त्रास बढ्दै गएको छ । कन्ट्याक ट्रेसिङको आधारमा नारायणी अस्पतालमा स्वाब संकलन गरी पिसीआर परिक्षण गराएका मध्ये वीरगंजका ६२ संक्रमित भएको र उनीहरुले आफ्नो नाम, ठेगाना र मोबाईल नम्बर गलत टिपाएको कारण उनीहरुको पहिचानमा समस्या हुदा संक्रमितका कारण समुदायमा थप संक्रमण बढ्ने सन्त्रास वीरगंजमा फैलिएको छ । संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङ्गको आधारमा नारायणी अस्पतालमा स्वाब दिन आएका मध्ये ६२ जनाले गलत मोबाईल नम्बर र ठेगाना टिपाउदा संक्रमितको बसोबास रहेको स्थान पत्ता लगाउन अप्ठ्यारो भएको प्रहरीले जनाएको छ ।
स्वाब संकलनको क्रममा टिपाएको टेलिफोन नम्बरमा अर्कै व्यक्तिले फोन उठाउने र संक्रमितको बारेमा पहिचान नहुदा अस्पताल र प्रहरी लाई समेत हैरानी भएको नारायणी अस्पताल वीरगंजका बरिष्ठ चिकित्सक डा. निरज सिंहले बताउनुभयो ।
वीरगंजमा संक्रमणको दर बढ्दै जाँदा स्वाब संकलन गर्नेहरुको संख्या समेत बढ्दै गएको र महामारीको बेला संक्रमित व्यक्ति बेपत्ता हुनुले समाजमा कोरोना संक्रमण झन् भयाबह रुपमा बढ्दै जाने समस्या देखिएको डाक्टर सिंहले बताउनुभयो ।
वीरगंजमा मात्रै ६२ जना संक्रमित सम्पर्कमा नआउनु भनेको ठुलो समस्या भएको बताउदै यसतर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जानुपर्ने कुरामा डाक्टर सिंहले जोडदिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्