रुपन्देहीमा भदौ ७ गतेसम्म लकडाउन

रुपन्देही । रुपन्देहीका १६ वटै स्थानीय तहहरुमा कोरोना संक्रमित बढ्न थालेपछि आजदेखि भदौ ७ गतेसम्म लकडाउन गरिएको छ । सबै पालिकामा समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेपछि भदौ ७ गते राती १२ बजेसम्मका लागि लकडाउन गरिएकोे हो ।
जनस्वास्थ्यमा गम्भिर असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला संकट व्यवस्थापन केन्द्र रुपन्देहीले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो ।
संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गतिविधि गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यसअघि जिल्लाका अधिकांश पालिकाले लकडाउन घोषणा गरिसकेका थिए ।









प्रतिक्रिया राख्नुहोस्