तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरका ३२ जना पत्रकारको स्वाब सङ्कलन


मकवानपुर । मकवानपुरका ३२ जना पत्रकारहरूको स्वाब नमुना सङ्कलन गरेर आज परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । हेटौँडास्थित आइसोलेसन वार्डबाट आज मकवानपुरका क्रियाशील ३२ जना पत्रकारहरूसहित १९८ जनाको स्वाब नमुना सङ्कलन गरेर कोरोना परीक्षण गर्न पठाइएको हो ।

हेटौँडास्थित आइसोलेसन वार्डले आज हालसम्मकै धेरै स्वाब नमुना सङ्कलन गरी परीक्षणका लागि हेटौँडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालामा पठाइएको हो । आज पठाइएका नमुनामध्ये ४ जना सक्रमितको स्वाब नमुना पनि रहेको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो । हेटौँडा उपमहानगर र जिल्लाका अन्य पालिकामा दैनिक जसो कोरोना सङ्क्रमित पहिचान भएसँगै उनीहरूको कनट्र्याक्ट ट्रेसिङका आधारमा स्वाब नमुना सङ्कलनको दर बढेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button