पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला । विगत पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । कालिकोट स्थित हुल्ममा आएको सबैभन्दा ठुलो पहिलो १८ घण्टा स्काभेटर प्रयोग गरी पहिरो पन्छाएपछि राजमार्ग खुलेको सडक डिभिजन कार्यालयका प्रमुख लीला बहादुर भण्डारीले बताउनु भयो ।
उहाँका अनुसार हुल्म बजारमा आएको विशाल पहिरोले राजमार्गमा पूर्ण अवरुद्ध भएको थियो । भने, दैखोला देखि सेरीघाट सम्मका करिब २४ स्थानमा गएको सानो ठुलो पहिरो पन्छाएपछि सडक खुलेको हो । हुम्लाको पहिरो पन्छाएसँगै सडक खुलेपछि सडक डिभिजनको टोली पनि जुम्ला तर्फ फर्किएको छ ।
साथै जुम्ला सडक डिभिजनले हेर्ने कालिकोट दैखोला देखि नाग्म सम्म यसपालि वर्षाले गर्दा करिब तीन सय स्थानमा पहिरो गएको अनुमान गरिएको समेत प्रमुख भण्डारीले जानकारी दिनुभयो । निरन्तर वर्षा भइरहेकोले एकातर्फ पहिरो पन्छाउँदै जाने अर्को तर्फ झर्दै जाने समस्याले गर्दा यात्रुले दुख पाएका छन् ।

शुभकालिका गाउँपालिकाको १ स्थित गगने खोला, काले खोला, जिते, शेरिघाट, मान्म, सिम्लेगाड लगायतका दर्जनौँ ठाउँमा पहिरो खस्दा कर्णाली राजमार्ग ठप्प भएको थियो । प्रशासनले वर्षाको समयमा अत्यावश्यक काम बाहेक यात्रा नगर्न अनुरोध गरेको छ । काम विशेषले यात्रा गरेका यात्रु तथा मालवाहक सवारीले भने निकै सास्ती पाइरहेका छन् ।
तर सडक डिभिजन कार्यालय जुम्लाको प्रमुखका रूपमा लीला बहादुर भण्डारी आइसकेपछि सडक अवरुद्ध हुँदा, बाढी पहिरो जाँदा छिटो भन्दा छिटो समस्या समाधान हुने गरेको छ । यसभन्दा अघि पनि राजमार्ग अवरुद्ध हुँदा प्रमुख भण्डारी स्वयम फिल्डमै बसेर पहिरो पन्छाई सडक खुलाएर मात्रै आउने गरेका छन् । कर्णाली राजमार्ग इन्जिनियरिङ मापदण्डमा नभएकै कारण पनि सामान्य वर्षा हुँदा चिरा पर्ने, पहिरो आउने गरेको उहाँको भनाई छ ।
मङ्गलवार साढे ३ बजेटबाट सडक खुलिसकेको र फेरी वर्षा भई पहिरो आएर अवरुद्ध भए भन्न सकिदैन् । तर जति पहिरो आए पनि हामी आम नागरिकको सेवाका लागि दिनरात नभनी सडक खुलाउन लागि पर्ने डिभिजन प्रमुख भण्डारीले उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्