तपाईँ सुन्दै हुनुहुन्छः

आफनै लगानीमा भिटिएम खरिद गरी स्वाब सङ्कलन


लहान । सिरहाको धनगढीमाई नगरपालिकाले आफनै लगानीमा स्वाब संंङ्कलन गर्ने कार्यको सुरुवात गरेको छ । कोरोना संक्रमणबाट हुने संभावित खतराबाट नगरबासीलाई जोगाउने उद्देश्यले नगरपालिकाको आफनै लगानीमा भिटिएम खरिद गरी स्वाब संङ्कलन गर्ने कार्यको आरम्भ भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाँईले बताए ।

नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, क्वारेनटाइनमा काम गर्ने स्वास्थ्यकर्मी, समाजसेवी, व्यवसायी , बढी भीड हुने ठाउँका उधोगी व्यापारी, नगरपालिकाका सर्बसाधारण गरी पहिलो चरणमा १ सय ६८ जनाको स्वाब परीक्षण गरिएको उनले बताए ।

संकलित स्वाबलाई वी.पी.कोइराला विज्ञान प्रतिष्ठान धरान स्थित कोरोना जाँच ल्याबमा पठाईएको छ । पहिलो चरणको रिपोर्ट आउन करिब ५ दिन लाग्छ, ‘पहिलो चरणको रिपोर्ट आएपछी सोको आधारमा नगरक्षेत्र भित्र पुनः स्वाव परीक्षणको दायरा बढाउँदै जाने स्वास्थ्य संयोजक बिलट नारायण रायले जानकारी दिए ।

पछिल्लो केही समयदेखि नगरक्षेत्र भित्रका गाउँहरुमा छिटफुट रुपमा कोरोना संक्रमित फेला पर्न थालिएपछि गाउँस्तरमा कोरोनाको स्थिति बुझ्नको लागि स्वाब परीक्षणको थालनी गरेको नगरपालिकाकाले जनाएको छ ।

अहिलेसम्म सिरहामा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ भने ६० जना कोरोना संक्रमितहरु सिरहाका विभिन्न आइसोलेशनमा उपचार गराईरहेका छन् ।

आफ्नो निजि लगानीमा मेसिन खरिद गरी आफना नगर क्षेत्रभित्रका नागरिकहरुलाई स्वाब परीक्षण गराउने सिरहामा यो पहिलो स्थानिय तह भएको बुझिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button