तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाबाट तनहुँकी एक महिलाको पोखरामा मृत्यु

तनहुँ । तनहुँको एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुने महिला व्यास नगरपालिका वडा नम्बर १ की स्थानिय हुन् ।

महिलाको मृत्यु पश्चात उनमा कोरोना पुष्टि भएको हो । तनहुँको व्यास नगरपालिका १ अम्रेनी निवासी ५० वर्षीया महिला पोखरा(१२ हस्पिटलचोक स्थित कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराइरहेकी थिइन् ।

उनको हिजो सोमबार राति ११ बजेर ३६ मिनेटमा अस्पतालमै उपचारको क्रममा मृत्यु भएको थियो । उनलाई निमोनिया भएपछि अस्पतालमा लगिएको थियो ।

गत साउन ३२ आइतबारदेखि अस्पतालमा उपचाररत थिईन् । मृत्यु भएकी महिलामा मधुमेहसँगै मुटुरोगको समस्या रहेको थियो । दिर्घरोगि महिलालाई उपचारका पोखरा उनको छोरी र व्यास(१ गल्बुबेसीका आफन्तले लिएर गएका छन् ।

पोखरा जानुअघि महिला दमौलीको एक मेडिकलमा उपचार लागि पुगेकी थिइन् ।

कन्ट्रयाक्ट ट्रेसिंङका लागी नाम संकलन गर्ने काम भईरहेको व्यास(१ का वडाअध्यक्ष खरसिं दरैले बताउनुभयो । उहाँले भन्नुभयो ’अब छिट्टै स्वाब संकलन गरेर परीक्षणका लागि पठाउछौ ।’

अहिले कोरोनाबाट मृत्यु भएकी महिलाको टोलमा वडा र नगरपालिकाले कन्ट्रयाक्ट ट्रेसिंङको काम गर्न लागेको अम्रेनी टोल विकास समितिका अध्यक्ष भरत विकले बताउनुभयो । ’वडाअध्यक्षको फोन आएको थियो ।’ विकले भन्नुभयो ’अहिले टोलबासी लाई सुचना गरिसकेका छौ ।’ उहाँले भन्नुभयो हामि ’हामि सबै घरमै छौ ।’
तनहुँमा कोरोना संक्रमणबाट यो पहिलो मृत्यु भएको हो ।
तनहुँमा अहिलेसम्म २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८२ जनाले कोरोना जितेर निको भई घर फर्कीसकेका छन् । अहिले ३५ जना आइसोलेसनमा उपचाररत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button