कपिलवस्तुमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

कपिलवस्तु– कपिलवस्तुमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय कपिलवस्तुले दिएको जानकारी अनुसार मंगलबार जिल्लामा थप २० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कार्यलयका अनुसार संक्रमित मध्य १९ जना कपिलवस्तु नगरपालिका र एक जना वाणगंगा नगरपालिका संक्रमित रहेका छन् ।
आज मंगलबार थपिएका सबै समुदायका रहेका छन् । यो संगै जिल्लामा संक्रमित संख्या ९६७ पुगेको छ भने कोरोनाका कारण अहिले सम्म २ जनाको ज्यान गएको छ । जिल्लामा समुदायमै कोरोना देखिएपछि यहि भदौ ७ गते सम्म निषेधज्ञा जारी गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्